ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा चाहियो, विचारणीय छः सांसद बडू
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणाीय रहेको उल्लेख गरे । सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महशुस आफूलाई भएको बताए ।
उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महशुस भयो यो पनि एउटा विचारणीय पक्ष हो । एउटा राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला । किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला । त समाजवादतर्फ मुलुकको अभिष्ट हो, लक्ष्य हो भन्नेकुरालाई भनेका छन् । छरिएर बस्नुभन्दा एक ठाउँमा आउनु राम्रो हो ।’
सांसद बडूले छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया