पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्योः नेता पुन
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए ।
उनले सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने बताए । नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्याहरुका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए । उनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए । उनले सरकारका समस्या, सुविधाहरु र सरकारले जनतालाई दिने सेवाहरुको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता सरकारले काम गर्ने तरिकाकै कारण भएको बताए । उनले राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताए । उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधैँ हेप्छन् भन्ने भाष्य रहेको बताए ।
उनले भने, ‘ केही वर्षअघि विद्युतीय राहदानीमा जाने सरकारले निर्णय गर्यो । तर त्यो समयमा प्राप्त पूर्वाधार बनाउन नसक्दा अहिले समस्या आएको हो । मन्त्रालय जनप्रतिनिधि संस्था भएकाले समस्या जस्ताको जस्तै राख्नुपर्छ । सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्या बताउँन चाहँदैनौं । जनता वा सेवाग्राहीहरुसँग संवाद गर्न चाहँदैनौं । दुनियाँभर समस्या हुन्छ । सरकारको सक्षमता पनि सिमित हुन्छ । सबै कुरा भनेकै समयमा गर्न सकिँदैन । तर आफ्ना समस्या, सुविधाहरु र सरकारले जनतालाई दिने सेवाहरुको विषयमा जनता समक्ष संवाद गर्ने कुरा लोकतन्त्रको सुन्दर र अनिवार्य पक्ष हो । सरकारले हामी नयाँ प्रणालीमा जाँदैछौं क्षमता यो प्रकारको छ । सुरुमा ५० लाख विद्युतीय राहदानी रिप्लेस गर्ने कुरा ठिकै गरेको हो । राहदानी खरिद महँगोमा ल्याउनुपर्ने कारण काम गर्ने तरिकाको कारण भइरहेको छ । निरन्तर रुपमा भेरियसनको माध्यमबाट राहदानी खरिद गर्दा पक्कै चलखेल र कमिसन होला भन्ने लागेकोले शंकाको घेरामा रहेको हो । हामी जहिले पनि राजनीतिक व्यक्ति र प्रशासक एक खालका हुन् । सेवाग्राही जनता जहिले पनि नेता तथा प्रशासकले हेप्छन् भन्ने भइराख्ने भएको छ । दुवै पक्ष समस्याको चुरो कुरामा नपुग्ने समस्या भइरहेको छ । सेवाग्राहीहरुले गुनासो गरिराख्ने शासनमा बस्नेहरु चुप लागेर बसेर महत्व वा आलोचना बढाउने प्रवृति रहेको छ । यो हाम्रो संस्कृत बदल्नुपर्छ । नबदल्दासम्म हामी गाली खाइराख्छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया