माओवादी केन्द्रले डाक्यो केन्द्रीय समिति बैठक
काठमाडौँ– सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी २३ असारमा कमलादीस्थित प्रभा भवनमा बस्नेछ ।
बैठकमा तीनवटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारी पनि सहभागी हुनेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा असार १५ भित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।
बैठकअघि असार १५ भित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ । त्यस्तै, सर्कुलरमा लेबी बुझाउन बाँकी हुनेहरूले २० प्रतिशत लेबी बुझाउन पनि भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया