दल

जसपाद्वारा थप १८ जना विधान अधिवेशन प्रतिनिधि चयन

इकागज |
असार ७, २०८० बिहीबार २१:५५ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले​ थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ ।

आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घ तथा प्रदेशमा सांसद रहेका तर केन्द्रीय समितिमा नरहेका आठ र पार्टीको साधारण सदस्य तथा अन्य भ्रातृ सङ्गठनमा रहेकामध्ये १० गरी कुल १८ जनालाई थप प्रतिनिधिमा चयन गरेको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।


उक्त पार्टीको विधान अधिवेशन यही असार १० गतेदेखि काठमाडौँमा हुने भएको छ । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने जनाइएको छ ।

असार ११ गते ११ वटा विभिन्न समूह बनाएर छलफल गरिने छ भने १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने कार्यकारिणी समिति सदस्य थापाले बताए । अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।


Author

थप समाचार
x