दल

वर्तमान सरकारको आयु लामो छैन : सचेतक बर्तौला

इकागज |
असार ८, २०८० शुक्रबार १८:९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताएका छन् । शुक्रबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन् ।

उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको जिकिर गरे । उनले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवर्द्धन गर्न समेत नसकेको बताए । उनले  मुलुकको विकास, सुशासन र समृद्धिको पथमा हिँडाउन सामर्थ्य योग्यता प्रदर्शन गर्न नसकेको उल्लेख गरे ।


बर्तौलाले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर, कमजोर बनेको आरोप लगाए । उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए । वर्तमान सरकार एमाललेलाई पाँच वर्ष टिकोस् भन्ने भए पनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको उनकाे भनाइ छ ।


Author

थप समाचार
x