दल

माधवलक्षित झलनाथको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

इकागज |
असार ८, २०८० शुक्रबार १८:१९ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ ।

खनालले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे । उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको जिकिर गरे । उनले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए ।


पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरू ल्याउन नसकेको स्वीकार गरे । खनालले सामन्तवादका अवशेषहरू समाजमा व्याप्त रहेको पनि उल्लेख गरे ।


Author

थप समाचार
x