संसदबाट बजेट पास हुन्छ : सांसद सापकोटा
फाइल तस्बिर
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले एमाले र कांग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गरेका छन् । शुक्रबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्ताे टिप्पणी गरेका हुन् ।
उनले सरकार परिवर्तन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र कांग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गरे । उनले सत्ता समीकरण गर्ने संवाद भयो भन्ने पनि एमाले माओवादीको पनि सधैं संवाद भइरहेको बताए । उनले पहिलो चरणलाई यही गठबन्धन जानेर इमान्दारीपूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्ने बताए ।
सांसद सापकोटाले सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास नहुने भन्ने नभएको तर्क गरे । उनले नेकपा (एकीकृत समाजवादी) पार्टी बजेट पास गर्न नदिने निर्णय नगरेको भन्दै १२ गते बजेट पास हुने दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया