दल

रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन

इकागज |
असार ९, २०८० शनिबार १६:३८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए ।


उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे ।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरूबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।


Author

थप समाचार
x