नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणहरूको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने जिकिर गरे । उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताए ।
ओलीले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए । उद्देश्यहरू के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू अलिकति आउनुपर्छ ।’
अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हितका लागि राम्रो हुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया