सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन : चित्रबहादुर केसी
काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका छन् ।
उनले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने जिकिर गरे । उनले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए । उनले अहिलेका राजनीतिक दलहरूले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए । उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरूले गरिरहेको बताए ।
अध्यक्ष केसीले बजेटमा भेदभाव र अन्याय गरिएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया