जलहरीमा नाम कुँदिएकोबारे सचेतक बर्तौला भन्छन् : उद्घाटन गर्नेको नाम लेखिनु सामान्य
काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताएका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पारे ।
उनले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्ने कुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताए । उनले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरू जोडिएका घटनाहरू कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे ।
बर्तौलाले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराष्टपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्ने कुरा सामान्य विषय भएको बताए । उनले नेतृत्व लिएको हिसाबले नाम आएपनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वाभाविक भएको बताए ।
सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया