माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्यो
काठमाडौँ– सत्तासीन दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । आगामी असार २३ गतेलाई डाकिएको बैठक साउन १७ गतेलाई सरेको हो ।
सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेकाले बैठक सारिएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले इकागज जानकारी दिए ।
बैठकमा तीनवटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारी पनि सहभागी हुनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया