दल

उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

इकागज |
असार १२, २०८० मंगलबार १७:३१ बजे

फाइल फोटो

महोत्तरी - युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका  नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् ।

गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


उपमेयर महतोको उजुरीको आधारमा उनलाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।

महतोमाथि  उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोपित भनिएका् महातोमाथि आरोप  छ ।


Author

थप समाचार
x