दल

गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैन : सांसद कार्की

इकागज |
असार १२, २०८० मंगलबार १८:१४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताएका छन् ।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको दाबी गरे । उनले यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्ने जिकिर गरे।


उनले इतिहासले दिएको जिम्मेवारी र जनताको चाहनाअनुसार गठबन्धन चलिरहेको बताए । सांसद कार्कीले इतिहासले दिएको जिम्मेवारीअनुसार नै सरकारले काम गरिरहेको बताए ।


Author

थप समाचार
x