दल

केसीको टिप्पणी : भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु हो

इकागज |
असार १२, २०८० मंगलबार २१:३५ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु जस्तो भएको टिप्पणी गरे । उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भए पनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताए । उनले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उहाँले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए । 


उनले भने, ‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन् । अलिअलि गरेजस्तो देखाउने एउटा कुरा हो, के गरी गर्लान् ? मलाई विश्वास लाग्दैन । भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो । भ्रष्टाचारीले राज गरेको कारणले मुलुक अन्योल अवस्थामा छ । गणतन्त्रप्रति जनताको आस्था घटेको छ । तँ रोए जस्तो गर्, मैले चिमोटेजस्तो गर्छु, भन्ने कुरा पहिलाको सरकारले पनि गर्थे, अहिले पनि हुन्छन्, ठूला ठूला भ्रष्टाचार नेपालमा भइरहेका छन्, भ्रष्टाचारका फाइल खोलिनुपर्छ ।’

अध्यक्ष केसीले नेपालमा ठूला ठूला भ्रष्टाचार राज्य पक्षबाटै भइरहेको दाबी गरे ।


Author

थप समाचार
x