दल

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

इकागज |
असार १३, २०८० बुधबार १२:१९ बजे

काठमाडौँ- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ । बुधबार बिहान संसद्‌ भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताए । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको बताए । 


उनले भने, ‘आज बिहान प्रधानमन्त्रीसँग बसेर हामीले छलफल गरेका थियौँ । हामीले उठाएका कुराहरु बजेटको प्रणालीमा सुधार गर्नेकुरा सम्बोधन गर्ने भनेपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।’

उनले बजेट प्रणालीमा सुधार हुने भएपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । 


Author

थप समाचार
x