दल

बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन : रवि लामिछाने

इकागज |
असार १३, २०८० बुधबार १८:३६ बजे

फाइल फोटो

काठमाडौँ - रास्वपाका अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन् । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नलिमेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे । 


उनले जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफुहरु रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे । लामिछानले प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने जिकिर गरे । 


Author

थप समाचार
x