दल

माओवादी लडाकू शिविरहरूमा भएका भ्रष्टाचारको पनि तत्काल छानबिन गर्नुपर्छ : सांसद राणा

इकागज |
असार १३, २०८० बुधबार १९:३ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सांसद राणाले माओवादी लडाकू शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरू रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन् । प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकिर गर्दै उनले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए ।


सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरूलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए ।

सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको बताए ।


Author

थप समाचार
x