दल

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी

इकागज |
असार १३, २०८० बुधबार १९:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका हुन् ।

उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रूपमा सदुपयोग गर्नुपर्ने  जिकिर गरे ।। उनले मन्त्रालयहरूले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए । उनले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरू चालेको पनि उल्लेख गरे ।


चौधरीले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभइ सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।


Author

थप समाचार
x