दल

सार्वजनिक सम्पदामा चुनाव चिह्न घन्टी नबनाउन रास्वपाको आग्रह

इकागज |
असार १३, २०८० बुधबार २०:१८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिह्न घन्टी नराख्न अनुरोध गरेको छ ।

बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न भन्दै अनुरोध गरेका हुन् । 


राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न सूचनामार्फत रास्वापाले सचेत गराएको छ ।

गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिह्नहरू बनाइएका थिए । केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिह्न नबनाउन अनुरोध गरेको थियो । रास्वपाले त्यस सूचनाको समर्थन गरेको छ ।


Author

थप समाचार
x