दल

संसदमा एमालेलाई बदनाम गर्न जलहरीकाे विषयलाई उचालियाे : केपी ओली

इकागज |
असार १४, २०८० बिहीबार १८:१२ बजे

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले जलहरीका विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् । उनले संसदमा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे ।


ओलीले पशुपतिमा कसैले सुन नै खाएको भए पनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे । ओलीले उद्घाटन र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भए पनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे ।

ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताए । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।


Author

थप समाचार
x