दल

सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

इकागज |
असार १७, २०८० आइतबार १६:२३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारमा सहभागी हुने आग्रह गरेका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गर्दै सरकारमा सहभागी हुन राउतलाई प्रधानमन्त्री प्रचण्डले भनेका हुन् ।


जवाफमा अध्यक्ष राउतले पार्टीभित्र छलफल गरेर जानकारी दिने बताएका छन् । 


Author

थप समाचार
x