कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : केपी ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।
आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका हुन् । कोशी प्रदेशको नामकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।
उनले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया