बेइमानीहरूका लागि रास्वपाको ढोका खुला छैन : सभापति लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी प्रवेश गर्नेहरू धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको जिकिर गरे । उनले केही स्वार्थीहरू पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरूलाई पार्टीमा स्थान नरहेको भनाइ राखे ।
उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरूलाई पार्टीले नियालिरहेको पनि उल्लेख गरे ।
उनले भने, ‘केही स्वार्थ भएका साथीहरू चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन । पार्टी अर्काको कब्जामा मात्रै पर्ने भयो, हिजोको माओवादी, कांग्रेस, एमाले जस्तै हुने भयो भन्ने चिन्ता लिनुपर्दैन । यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरूलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन ।’
सभापति लामिछानेले पार्टीमा स्वार्थहरू प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरूलाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया