दल

गठबन्धन बैठक

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार बनाउने सत्ता गठबन्धनको निर्णय

इकागज |
असार १८, २०८० सोमबार १८:३५ बजे

काठमाडौँ- सत्तारूढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरेको नेकपा एसका नेता राजेन्द्र पाण्डले जानकारी दिए । उनले कोशी प्रदेशभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्याउने जिम्मा पनि कांग्रेसीलाई नै दिइएको बताए ।


बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरूको पनि टुङ्गो लागेको उनले जानकारी दिए । त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए ।

बैठकमा विभिन्न विश्वविद्यालयका पदहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको पाण्डेले बताए ।


Author

थप समाचार
x