नेपालमा 'भूमि बैंक' स्थापना गर्न ढिलाई गर्नुहुन्न : ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपन्क्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूलठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अति आवश्यक रहेको बताए ।
ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे । उनले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकिर समेत गरे । त्यसका लागि कृषिमा आधुनिक औजारहरू, उन्नत स्तरको बिउविजन, मल, सिँचाइको प्रबन्ध गर्नुपर्ने ओलीले बताए ।
अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाइको अभाव नहुने दाबी समेत गरे । उनले माटोलाई स्वस्थ राख्नका लागि प्राङ्गारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया