दल

पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएः महेश बर्तौला

इकागज |
असार २०, २०८० बुधबार १५:५८ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । 

बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताएका हुन् । उनले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसावले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गरे । 


उनले भने, – ‘प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमान माथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसदमा भुमिका निर्वाह गर्नेछौँ । संसदमा जोडदार साथ
राख्ने । प्रधानमन्त्रीको निजि विषय होइन । देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकोले बैठक अवरुद्ध हुनसक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसावले, सबै हिसाबले उहाँले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार सबै हिसावले गुमाएको परिस्थिति देख्छौँ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोधमा एमाले संसदमा कडा ढंगले प्रस्तुत हुनेपनि स्पष्ट पारे । 


Author

थप समाचार
x