दल

प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत : मन्त्री बस्नेत

इकागज |
असार २०, २०८० बुधबार १९:१७ बजे

काठमाडौँ  - उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताएका हुन् । उनले प्रधामन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताए । 


उनले संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उल्लेख गरे । उनले भने,  ‘संसदमा बोलाएर प्रधानमन्त्रीज्युको आशय के हो भनेर सोध्ने अधिकार संसदले राख्छ । हरेक सांसदको निम्ति त्यो अधिकार छ । अनि त्यो अधिकार हुँदाहुँदै, त्यो अधिकार सुरक्षित रहँदारहँदै, संसदीय मर्यादा र प्रक्रियाको बाटो यो हुँदाहुँदै संसद चल्न दिन्नौँ भन्ने कुरा त्यो संसदीय प्रक्रिया पनि होइन । त्यो संसदीय प्रक्रियाको विषय पनि होइन । र त्यो जिम्मेवारीपूर्ण कुरा हुँदैन । प्रधानमन्त्रीको आशय के हो भन्नेकुरा सुनिसकेपछि उहाँहरुलाई त्यो कुरा चित्त बुझेन, ठिक लागेन त्यसपछि के गर्ने भन्ने कुरा त्यो उहाँहरुको त्यसपछिको कुरा हुन्थ्यो ।’

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिक्षालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताए । 


Author

थप समाचार
x