प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार
फाइल फोटो
काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते शुक्रबार अपरान्ह ३ बजे बस्ने भएको छ । यसअघि आज सञ्चालन भइरहेको बैठक आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया