पार्टी गतिविधि शिथिल भएको भन्दै कांग्रेस जिल्ला सभापतिहरूले गराए ध्यानाकर्षण
काठमाडौँ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको बैठकमा बोल्ने सभापतिहरूले पार्टीको गतिविधिहरूमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरूले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरूले पार्टीलाई पुनः जागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनले सरकारमा मन्त्री रहेका सभापतिहरूले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरूको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरूले भने सरकारसँग आफूहरूको कुनै समन्वय नभएको गुनासो राखेका बताए ।
जिल्ला सभापतिहरूको बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेण्डा रहेको छ । त्यस्तै पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेण्डा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया