दल

कोशी प्रदेश सरकार गठनमा सभामुखको समेत हस्ताक्षर हुनु संविधानविपरीत : शेखर कोइराला

इकागज |
असार २१, २०८० बिहीबार १७:३८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनमा बहुमतका लागि सभामुखको समेत हस्ताक्षर गरी पठाएको विषय संविधानविपरीत भएको बताएका छन् । कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको समेत हस्ताक्षर गरेर पठाउनु संवैधानिक सर्वोच्चताविपरीत भएको बताएका हुन् । 

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्यसञ्चालन गर्नु र अध्यक्षता गरेको उल्लेख गरे । 


उनले भनेका छन्, 'सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्यसञ्चालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।'


Author

थप समाचार
x