दल

अङ्ककाे आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

इकागज |
असार २१, २०८० बिहीबार १८:१२ बजे

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तीर्ण सबै विद्यालयलाई बधाई दिएका छन् । 

बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।


'अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,' ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।


Author

थप समाचार
x