दल

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस भएको छ : महामन्त्री थापा

इकागज |
असार २१, २०८० बिहीबार २०:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएको बारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस गरेको जिकिर गरे । उनले प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि उल्लेख गरे ।


थापाले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पारे । महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरूले आगामी केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएको बताए ।

बैठकमा जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् । पार्टीका नेताहरू भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रूपमा उभिन आग्रह गरेका छन् ।

राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताए । पार्टी सभापतिहरूले नेपाली कांग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको बताए ।


Author

थप समाचार
x