प्रधानमन्त्रीको राजीनामा माग गर्नुको औचित्य छैन : सांसद पौडेल
काठमाडाैँ– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले एमाले लगायतका दलहरूको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै अहिले अभिव्यक्तिका आधारमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नभएको बताएका हुन् ।
कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा जनतामा एमालेले भ्रम छर्न खोजेको र आफू मात्रै राष्ट्रवादी हो भन्ने देखाउन खोजेको उनले बताए । उनले एमालेलाई प्रधानमन्त्री पद चाहिएको भए बहुमत देखाउन चुनौती समेत दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया