दल

ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्छ : प्रेम आले

इकागज |
असार २२, २०८० शुक्रबार १७:५८ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा धेरै व्यक्तिहरूको नाम आएकाले निष्पक्ष छानबिन गरी दोषी भए कारबाही गर्नुपर्ने उनले बताए ।


उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिला सुस्ती भइरहेको जिकिर गरे । उनले सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए ।

पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पति दोहन नहोस् भनेर आफूले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए । 


Author

थप समाचार
x