नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रित हुनुपर्छ : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरूमा सरकारले गरेको निर्णयमा सत प्रतिशत समर्थन रहे पनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् ।
सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहे पनि डेलिभरको सन्दर्भमा अहिले पनि आक्रोश रहेको उनले बताए । उनले आर्थिक संकटको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा राखे ।
थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठीकठाक भने पनि वास्तविक रूपमा त्यो ठीकठाक नहुन पनि सक्ने बताए । उनले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया