अब मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन हुँदैन : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अब मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका हुन् । अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए ।
उनले आफू फेरि पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गरे । थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सबैलाई जानकारी हुने भन्दै उनले एक पटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गरे ।
त्यस्तै थापाले अहिले सबै दलहरूले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रित गर्नुपर्ने धारणा राखे । देशका सबै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहना अनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उनको भनाइ छ ।
थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्रलगायत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरूलाई एक वर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने धारणा राखे । उनले पार्टीको क्रियाशील सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया