दल

मुलुकको अहिलेको व्यवस्थाले देश ठीक बाटोमा जाँदैन : लिङ्देन

इकागज |
असार २३, २०८० शनिबार १७:६ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठीक बाटोमा नजाने बताएका छन् ।

शनिबार काठमाडौँमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठीक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरू प्रयोग भएका दृश्यहरू देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राखे ।


भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि राप्रपा अघि बढेको बताए । लिङ्देनले मुलुकमा संघीयता आए पनि पूरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौँ रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेण्डा पूरा हुन सक्ने तर्क गरे ।

अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायित्वको कल्पना गर्न नसकिने जिकिर गरे । 


Author

थप समाचार
x