दल

समाजवादी मोर्चा बैठक

आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय

हरेक ६-६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन हुने

इकागज |
असार २३, २०८० शनिबार १८:३० बजे

काठमाडौँ- ​समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।


कार्यदलले मोर्चाको भावी कार्यक्रमको प्रारूप समेत तयार गर्ने उनले बताए । पाण्डेले साउन महिनामा सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको मितिका विषयमा पनि कार्यदलले टुङ्गो लगाउने र असार २७ गते घोषणा गरिने जानकारी दिए ।

बैठकले हरेक ६-६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने र अहिले माधवकुमार नेपालले अध्यक्षता गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै उनले संसदमा प्रधानमन्त्रीलाई धारणा राख्न रोकेर एमालेले गैरसंसदीय व्यवहार देखाएको बताए ।

पाण्डेले नेपाली समाजको विशेषता अनुसार कस्तो समाजवाद निर्माण गर्ने भन्नेमा मोर्चा केन्द्रित हुने पनि उल्लेख गरे । 


Author

थप समाचार
x