सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन : योगेश भट्टराई
काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद् चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको जिकिर गरे । उनले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे । उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताए ।
उनले भने, ‘संसद् चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको छैन, यो ६ महिनामा । ४१ वटा बैठक भए यसको प्रभावकारी नतिजा छैन । संसदको बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढंगले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो । समितिहरू भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ । समितिले दिएका निर्देशनहरू नेपाल सरकार र सरकारका निकायहरूले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ ।’
बाइट...योगेशकुमार भट्टराई, सांसद, नेकपा एमाले
सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरू सरकार र सरकारका निकायहरूले बिना शर्त कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया