चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छ : सांसद केसी
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन् । उनले आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरूलाई दिनुपर्ने बताए ।
समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि समितिले सो फाइलहरू उपलब्ध गराउनु आवश्यक रहेको जिकिर उनले गरे । उनले समितिमा आएका अनियमितताका प्रकरणहरू थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताए । उनले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताए ।
सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया