दल

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर हाे, संसदमा जवाफ दिनुपर्छ : रवि लामिछाने

इकागज |
असार २४, २०८० आइतबार १८:३२ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् सहज रूपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भए पनि तत्कालका लागि प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सदन चलाउनुपर्ने जिकिर गरे ।


रास्वपालाई कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उनले सबै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेण्डा रहेको तर्क गरे । लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभइ जनताप्रति उत्तरदायी हुने विषय भएको बताए । उनले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाई बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए ।

लामिछानेले आफूहरू जनताको मुद्दाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पारे ।​ उनले मिटरव्याजी सम्बन्धी कानुन लागू हुनुपर्छ पक्षमा रास्वपा रहेको तर सरकारले अन्तिम दिनमा सदनमा ल्याएर आफू जनप्रिय छु भन्ने देखाउन खोजेको पनि बताए । उनले महत्वपूर्ण विधेयकहरूप्रति रास्वपा सचेत रहेको धारणा राखे ।


Author

थप समाचार
x