दल

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ : प्रदीप यादव

इकागज |
असार २४, २०८० आइतबार १९:३५ बजे

काठमाडौँ- सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद् अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाइ थियो । आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे ।


उनले संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए । प्रमुख सचेतक यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्याए ।

प्रमुख सचेतक यादवले संसद् अवरुद्ध पार्नका लागि जनताले मत नदिएको तर्फ पनि एमालेको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x