संसद् अवरोध हटाउन आज पनि जुटे शीर्ष नेता, फुक्ला त गाँठो ?
काठमाडौँ– संसद् अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि बैठक बसेको छ । सिंहदरबारमा केही समयअगाडि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापत शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
संसद् खुलाउने विषयमा आइतबार पनि प्रधानमन्त्रीसहित तीन शीर्ष नेताले छलफल गरेका थिए । बैठकबाट सहमति पनि जुटेको थियो । तर, पछि प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि सहमति भंग भएको थियो ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएको थिए । त्यसलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको छ ।
एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।
आज प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया