देउवाको पार्टीगत कामकारबाहीप्रति शशांकको असन्तुष्टि
काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको जिकिर गरे ।
उनले पार्टी सभापतिले पार्टीका कामकारबाही चित्त बुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताए ।
उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुर जीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यकाम धेरै राम्रो गर्नुभएन भनेर जुन टीकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो ।’
फरक प्रसंगमा नेता कोइरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया