प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौं : एमाले
काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिबद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन भने नसकेको बताए ।
उनले भने, ‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटी गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन । गहिराइबाट जवाफ आएको छैन । उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ ।’
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया