भ्रामक सूचनाको घेराबन्दी तोडिनुपर्छ : उपमहासचिव ज्ञवाली
सुर्खेत- नेकपा एमालेका उपमहासचिव प्रदिव ज्ञवालीले मुलुकलाई सही दिशातर्फ अघि बढाउन भ्रामक सूचनाको घेराबन्दी तोडेर सही सूचना सम्प्रेषण गरेर जानुपर्ने बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागले आज सुर्खेतमा आयोजना गरेको योजना तर्जुमा विस्तारित बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
ज्ञवालीले सञ्चार माध्यममा हुने प्रोपोगाण्डालाई मात्र नियन्त्रण गर्ने हो भने नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरे । उनले अहिलेको प्रचार शैली गलत मात्रै नभइ आपराधिक योजनाका साथ पनि गरिएको औंल्याए ।
उनले अहिले एमालेसहितको नाम जोडेर सबै पुराना पार्टी असफल भए भन्दै नेपाली समाजलाई नै विघटनको दिशातिर लैजाने गरी नैराश्यता छाउने गरी प्रचार भइरहेको भन्दै चिर्न यसलाई अपिल गरे ।
‘अहिले नेपाली समाज अफवाहको सिकार बनिरहेको छ, हुँदै नभएको कुरा मिसन बनाएर कसैलाई सकाउने योजनाका साथ भइरहेका छन्,’ ज्ञवालीले भने, ‘मिस इन्फरमेसन र डिस इन्फरमेसनको घेराबन्दी चलिरहेको छ, यसलाई तोड्न जरुरी छ, मिस इन्फरमेसन र सि इन्फरमेसनको घेराबन्दीलाई तोडेर नेपाली समाजलाई सही दिशामा लैजान लाग्नुपर्छ ।’
मिसन ग्रासरुटले एमालेको खास धरातल चित्रण गरेको उल्लेख गर्दै पार्टीलाई थप मजबुत बनाउन एमालेले कुनै पनि रणनीति बाँकी नराख्ने बताए । प्रदेश स्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा ३१ असारसम्म चल्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया