दल

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली

इकागज |
असार २९, २०८० शुक्रबार १४:३४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको जिकिर गरे । उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए । उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरूसँग रमाउन थालेको उल्लेख गरे ।


अध्यक्ष ओलीले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने जिकिर गरे । उनले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको पनि धारणा राखे ।

अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए । 


Author

थप समाचार
x