लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छ : ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरूले आधारभूत अधिकारसमेत नपाइरहेको जिकिर गरे । उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताए ।
अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभई आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने उल्लेख गरे । उनले यसका लागि राज्यका सबै तहका नागरिकहरूले झक्झक्याउनुपर्ने बताए ।
अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनि ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरूलाई आधारभूत अधिकार दिलाउनुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया