भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेलमात्र बनाउन हुँदैन : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेल मात्र बनाउन नहुने बताएका छन् ।
शनिबार काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको भन्दै फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र बन्न नहुने बताएका हुन् । उनले हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिने स्पष्ट पारे ।
रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उहाँले जनताको मुद्दामा निःस्वार्थ र निःशर्त रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न आग्रह पनि गरे ।
त्यस्तै उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले रास्वपाले निर्वाचनका बेला जनतासँग गरेको बाचा नभुलेको पनि धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया